Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग

Visit Nepal 2020 - Ministry of Home Affairs

मुस्ताङ जिल्लाको संक्षिप्त परिचय

2075-09-10

2075-09-10


गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो मुस्ताङ्ग । धवलागिरी र निलगिरी दुर्इ अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् । परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।

भौगोलिक अवस्थिति

अक्षांस :  २८ डिग्री २०मिनेट उत्तरदेखि २९ डिग्री ५मिनेट उत्तरसम्म

देशान्तर :  ८३ डिग्री ३० मिनेट पूर्वदेखि ८४ डिग्री १५ मिनेट पूर्वसम्म

वनस्पती तथा जैविक विविधता

जिल्लाको हावापानी शितोष्ण खालको भएको हुनाले तल्लो भेग तिर मिश्रति कोणधारी वनस्पती धुपी सल्लो पाइन्छ भने माथिल्लो भेगतिर १०,००० फिट भन्दा माथि भोटेपिपल, वैंस काँडेदार वुट्यान र घाँस मुख्य रुपमा रहेको छ । जिल्लामा पाइने मुख्य वनस्पतीमा सल्लो, धुपी, वैंश, भोजपत्र, लालीगुराँस, काँडेदार वुट्यान, घाँस, भोटे पिपल रहेका छन् ।

वन्यजन्तु:

हिउ चितुवा, कस्तुरी, खरायो, घोरल, बन भेडा, भालु, नाउर, वाघ आदि जिल्लामा पाइने मुख्य वन्य जन्तुहरु हुन् ।

वन्यपक्षी:

डाँफे, मुनाल, च्याखुरा, कालीज आदि पनि यस जिल्लामा पाइने वन्यपंक्षीहरु हुन ।

जडीवुटी:

यहाँको वनमा महत्वपूर्ण जडीवुटी जस्तै यार्चागुम्वा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानेा, कुकुर्को वीख, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा, आदि जस्ता प्रशस्त वहुमूल्यवान र उपयोगी जडिवुटीहरु पाइन्छ ।

पाल्तु पशुपंक्षी:

यहाँ पालिने पाल्तु पशुमा याक, नाक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङग्रा, भैसी, गाई, वंगुर आदि हुन् भने पंक्षीमा कुखुरा र हाँस पनि पालिन्छन् ।

सामाजीक जनजिवन:

 उच्च पहाडी दूर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरुको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरुको वसोवास भएको पाईन्छ । गुरुङ् तथा थकाली जातीहरु वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरुले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन ।