Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको संक्षिप्त परिचय

2075-09-10

2075-09-10


१. जिल्लाको संक्षिप्त परिचय

मुस्ताङ्ग गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो। धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी सहित पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् । परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।

२.. भौगोलिक अवस्थिति

अक्षांस:- २८.२०” उत्तरदेखि २९.०५”

देशान्तरः- ८३.३०” पूर्वदेखि ८४.१५”

सिमाना:- पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला

क्षेत्रफल: ३५७३ वर्ग किलो मिटर (१,३८० वर्ग माईल)

भौगोलिक विभाजन: हिमाली प्रदेश।

३. जनसंख्या

२०७८ को जनगणना अनुसार कूल जनसंख्या १४,४५२ रहेको छ। जसमा पुरुषको संख्या ७,९३४ (५४.९%) र महिलाको संख्या ६,५१८ (४५.१%) छ।

४.  वनस्पती तथा जैविक विविधता

जिल्लाको हावापानी शितोष्ण खालको भएको हुनाले तल्लो भेग तिर मिश्रति कोणधारी वनस्पती धुपी सल्लो पाइन्छ भने माथिल्लो भेगतिर १०,००० फिट भन्दा माथि भोटेपिपल, वैंस, काँडेदार वुट्यान र घाँस मुख्य रुपमा रहेको छ । जिल्लामा पाइने मुख्य वनस्पतीमा सल्लो, धुपी, वैंश, भोजपत्र, लालीगुराँस, काँडेदार वुट्यान, घाँस, भोटे पिपल रहेका छन् ।

५. वन्यजन्तु:

हिउ चितुवा, कस्तुरी, खरायो, घोरल, बन भेडा, भालु, नाउर, वाघ आदि जिल्लामा पाइने मुख्य वन्य जन्तुहरु हुन् ।

६. वन्यपक्षी:

डाँफे, मुनाल, च्याखुरा, कालीज आदि पनि यस जिल्लामा पाइने वन्यपंक्षीहरु हुन ।

७. जडीवुटी:

यहाँको वनमा महत्वपूर्ण जडीवुटी जस्तै यार्चागुम्वा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानेा, कुकुर्को वीख, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा, आदि जस्ता प्रशस्त वहुमूल्यवान र उपयोगी जडिवुटीहरु पाइन्छ ।

८. पाल्तु पशुपंक्षी:

यहाँ पालिने पाल्तु पशुमा याक, नाक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङग्रा, भैसी, गाई, वंगुर आदि हुन् भने पंक्षीमा कुखुरा र हाँस पनि पालिन्छन् ।

९. सामाजीक जनजीवन:

 उच्च पहाडी दूर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे, गुरुङ, विष्ट र ठकुरी जातीहरुको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरुको वसोवास भएको पाईन्छ । गुरुङ् तथा थकाली जातीहरु वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरुले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-27 17:00:05

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग .